२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अधिवेशनमा व्यस्त रहेको एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । 

प्रमुख विपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेको हो । 

जसअनुसार पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसअघि आठौं महाधिवेशनका कारण माओवादीले गरेको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दै आइरहेको एमालेले पुस २३ गतेदेखि देशैभर जिल्ला अधिवेशन गर्दैछ ।