२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन’



अ+ अ-

काठमाडौँ। देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताउनुभएको हो ।

“नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरुपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य स्थगित भएको अवस्थामा पुनः यसलाई लगाउने निर्णय न्यायोचित छैन”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सर्वाेच्च अदालतबाट भएको फैसलालाई भने स्वागत गरेको छ ।

वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नवीकरण गर्ने र इम्बोस्ड नम्बरको राजस्व मात्र लिएको र भौतिक पूर्वाधारविना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पुनःमूल्याङ्कन गर्न सरकारलाई आग्रह गरेको छ । रासस