११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

मनाङ प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङ प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
अ अ+ अ-

काठमाडौं। स्वतन्त्र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि मनाङ प्रदेश सभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

सर्वोच्च अदालतले चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएसँगै उनले गण्डकी प्रदेश सभामा सदस्यको रूपमा बस्ने योग्यता गुमाएका थिए। अदालतको आदेशसँगै सरकारलाई सो क्षेत्र रिक्त भएको घोषणा गर्न निर्देशन दिइएको थियो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, रूपन्देही–३ मा तय भएको मितिसँगै मनाङमा पनि सोही दिन उपनिर्वाचन गर्ने निर्णय लिइएको हो। उनका अनुसार “सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक भइसकेकाले अब दुवै क्षेत्रमा एउटै दिन निर्वाचन गर्ने टुंगो आयोगको बैठकबाट हुन्छ।”

आयोगले साधारणतया निर्वाचन मिति कम्तीमा ६४ दिनअघि तोक्ने प्रथा रहेको भए पनि यस पटक पर्याप्त समय बाँकी भएकाले निर्वाचन गर्न कुनै समस्या नपर्ने स्पष्ट पारेको छ। आयोगले चुनावी तयारी प्रक्रिया चाँडै अघि बढाउने बताएको छ।

२०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङे प्रतिस्पर्धाविहीन उम्मेदवार बनेर निर्विरोध विजयी भएका थिए। तर, सर्वोच्चको फैसलाले उनी सांसद पदबाट हटाइएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको हो।