११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

जातीय विभेदको आरोपमा युवक पक्राउ

जातीय विभेदको आरोपमा युवक पक्राउ
अ अ+ अ-

गोरखा। जातीय विभेद गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङको गजुरी गाउँपालिका–२, मलेखु घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

श्रेष्ठले गोरखाको सहिदलखन गाउँपालिका–१, बक्राङ माइती भएकी मनिका परियारसँग विवाह गरेका थिए । गर्भवती भएपछि उनले पत्नी दलित समुदायकी भएको भन्दै हेलाहोचो गर्नुका साथै विभेद गरेको आरोप छ । उनीबाट जन्मिएको छोराको जन्मदर्तासमेत नबनाएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

पीडित परियारले न्याय माग्दै जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको डिएसपी सुवेदीले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठलाई आइतबार धादिङ प्रहरीको समन्वयमा गजुरी गाउँपालिका– ६, राम्चेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठमाथि आज जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताउनुभयो ।रासस