६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीयः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले समयमा नै आवधिक निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामा नै उदाहरणीय रहेको बताउनुभएको छ ।

नेपाल मतदाता अधिकार मञ्चले आज यहाँ आयोजना गरेको एकीकृत निर्वाचन विधेयक सम्बन्धमा राजनीतिक दलसँग अन्तक्रियामा उहाँले समयमै आवधिक निर्वाचन हुनु पनि लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेको उदाहरण भएको बताउनुभयो ।

महामन्त्री थापाले आयोगबाट प्रस्तावित विधेयक राम्रो रहेको र यसमा थप सुधार गर्ने अवसर बाँकी रहेकाले थप छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“आयोगले केही उत्कृष्ट प्रावधानहरू राखेर विधयेक ल्याएको छ, यसमा सरकारबाट केही कुरा घटेर आयो भने संसद्बाट थपेर पठाउने अवसर अझै छ, त्यसमा हामी लाग्छौँ”, उहाँले भन्नुभयो, “जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्छ, तर सुधारको विषय राजनीतिक दल सञ्चालनको प्रवृत्तिबाट अलग राखेर हेर्न थाल्यौँ भने केही पनि हँुदैन । यसमा सबै दलहरू नै इमान्दार हुनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनसम्बन्धी ऐनलाई अध्ययन गर्दा राजनीतिक दलसम्बन्धी ऐन र अन्य ऐनलाई पनि राखेर अध्ययन गरिनुपर्ने बताउनुभयो । “संविधान संशोधनको विषय निर्वाचन प्रणाली पनि हुनसक्छ ।

यही सरकारकै कार्यकालमा हामी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ, त्यसैबेला समेत यस विधयेकमा आएका कतिपय विषय पर्न सक्छन्”, उहाँले भन्नुभयो, “प्रत्यक्षमा पनि समानुपातिक सिट र संरक्षित सिट हुनुपर्ने विषयमा पनि हामी पार्टीभित्र छलफलमा नै छौँ ।”

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले हालको निर्वाचन प्रणाली भड्किलो भएको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म आइपुग्दा समस्या रहेको बताउनुभयो । उहाँले निर्वाचन खर्च कम गर्नका लागि पूर्ण समानुपातिक निर्वाचण प्रणाली उपयुक्त हुने सुझाव राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन प्रणालीलाई फराकिलो तरिकारले हेरी समाज रूपान्तरण र नेतृत्व परिर्वतनजस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक व्यवस्थालाई बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले संविधान कार्यान्वयनको एकदशक पूरा  भइसकेकाले समावेशी तथा सामानुुपातिक सिद्धान्तलाई प्राथमिकतामा राखेर थप व्यवस्थित गरिनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका महासचिव रामकुमार शर्माले लोकतन्त्रका लागि हिमाल, पहाड र तराईको उत्तिकै योगदान रहेकाले तीन करोड नेपाली जनताको भलाइ हुने खालको निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने बताउनुभयो ।

एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राईले निर्वाचनसम्बन्धी विधेयकमा निकै राम्रा प्रावधान भए पनि छिटो सदनमा पेस गर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तिकुमारी शाहीले न्यायोचित समाज, समानुपातिक समावेशितालाई अपनाएर बलियो राष्ट्र निमार्ण गर्नेगरी आवश्यक सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयताका  जानकार मीन बस्नेतले एकीकृत निर्वाचन विधेयकमा भएका मुख्य विषयबारे प्रस्तुति गर्नुभएको थियो । विधेयकमा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने र ‘नो भोट’को व्यवस्थाजस्ता विषय समेटिएको उहाँले उल्लेख गर्नुभयो ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचन विधेयक र यसमा सुधार गर्नुपर्ने नीतिगत विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस