२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न, बारपाकका स्थानीयहरु हर्षित (भिडियो सहित)

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न, बारपाकका स्थानीयहरु हर्षित (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले  खुशी भएकाछन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो ।

आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिव ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।

त्यस्तै गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गर्नुभयो ।

अध्यक्ष खनालले भन्नुभयो, ‘अहिले निर्माणसम्बन्धीका धेरै कामहरु भएका छन् । अधिकांश विद्यालयहरु बनिसकेका छन् । बन्न बाँकी भनेको धार्मिक संरचनाहरु, मठ, मन्दिरहरु बन्न बाँकी छन् । यद्यपी धेरै स्वास्थ्यचौकी र विद्यालयहरु बनिसकेका छन् । बन्ने क्रममा पनि केही छन् । तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन । ३ लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने रहेछ । स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरुको दौडधुपले गर्दा केही नर्मल भयो । भुक्तानि दिने प्रक्रिया पनि अलि छिटो भयो । एक वर्ष यता नर्मल तरिकाबाट धेरै घरहरु बनिसकेपछि सामान्य बन्दै गएको छ । अहिले बनेका घरहरु जति बन्दैछन्, ती घरहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, भनेर मापदण्ड नै स्थानीय तहले निकालेका छौँ ।’

आवास पुनर्निर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन् । उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ । आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्नुहहुन्छ । उहाँ भन्नुहुन्छ, ‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिती भएन । त्यसपछि भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरु सहयोग गरेर काम गर्नुभयो । एउटा घर जसरी भएपनि बनाउनु पर्ने भनेर सहयोग गर्नुभयो । यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद । त्यस्तो गर्दागर्दै पनि अहिलेको अवस्थामा केही घरहरु रोकिरहेको छ । रोकिएको घरहरुलाई सहजीकरण भनेर अन्तिम अवस्थामा हामीले आफैँ एनएस लागि परेर सहजीकरण ग¥यौं ।’

त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रा।लि।का दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले नेपालमा भूकम्पबाट सुरक्षित घरहरु निर्माण गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यूएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ । हामीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गरेका छौँ । यसमा हामी धेरै नै खुशी छौँ । हामीले सकेसम्म सुरक्षित घरहरु निर्माण गरेका छौँ ।’

त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख  खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताउनु भयो । उहाँले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्र्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको छ । यूएनडिपी र भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा गरी ५० हजार भन्दा धेरै आवास पुनर्निर्माण गरिएको छ । २०१५ को विनाशकारी भूकम्पमा परी भत्किएका घरहरुको पुनर्निर्माण गर्न पाउँदा हामी धेरै ने खुशी भएका छौँ । हामीले आवास क्षेत्रको पुनर्निर्माण पूरा रुपमा सकेका छौँ । भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ । यी तीन क्षेत्रमा करिव २ सय प्रोजेक्ट गरेका छौँ । भारत नेपालको लागि विकासको साथी हो ।’

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डो काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताउनु भयो । उहाँले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनु भयो ।

उपप्रतिनिधि बुर्नान्डोले भन्नुभयो, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम हामीले सकेका छौँ । भारतले गरेको सहयोग पनि यसमा सह्रानिय छ । यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौँ ।’

उपप्रतिनिधि बेर्नान्र्डोले पुनर्निर्माणका काममा आफूहरु हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गर्नुभयो । उहाँले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।