८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा

११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
अ+ अ-

काठमाडौँ । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदाधेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको ब्यापारगर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।

गत महीना साउनमा भारतसँग रू ८३ अर्ब ५३ करोड ९९लाख बराबरको आयात र रू १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रू६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । यस्तै, चीनसँग रू २७ अर्ब ९९ करोड ६० लाखबराबरको आयात र रू पाँच करोड ४८ लाखको निर्यात गर्दा रू २७ अर्ब ९४ करोड १२लाख बराबर व्यापार घाटा भएको छ । युएईसँगको व्यापारमा समेत नेपाललेठूलो नोक्सानी बेहोदै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तुआयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले१८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापारघाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँगनेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ ।

अजेन्टिनासँग रु. ९ अर्ब १२ करोड ९७ लाखबराबरको आयात र रु.२४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकैव्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्टे«लियासँग नेपालले ६७ करोड २८ लाखकोआयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दाबढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेशसँग रू ५३ करोड ५८ लाखबराबरको आयात र रू सात करोड ५१ लाखको निर्यात गर्दा रू ४६ करोड ७  लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेतहुने गरेको छ ।

बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तुआयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा रू एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापारभएको छ ।गत महिना साउनमा रू एक खर्ब ४३ अर्ब चार करोडबराबरको आयात र रू २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउछ।

यो अवधिमा देशलाई रू एक खर्ब १९ अर्ब १० करोडबराबर व्यापार घाटा भएको छ ।गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिकव्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।