२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्की खोलाले बगाउँदा एक युवक बेपत्ता



अ+ अ-

बागमती। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित कार्की खोला (होमपाइप राखेर आवतजावत गर्न बनाइएको)मा वर्षासँगै आएको बाढीले बगाउँदा आज एक युवक बेपत्ता भएका छन् ।

मकवानपुरगढी गाउँपालिका–७ सुकौरास्थित पसलबाट घरतर्फ जान खोला तर्ने क्रममा खोलाले बगाउँदा स्थानीय २५ वर्षीय विनोद बम्जन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

वर्षासँगै अचानक खोलामा पानीको वहाब बढ्दा आज बेलुका ५ः०० बजेदेखि बम्जन बेपत्ता भएको र उहाँको खोजीका लागि पाँच प्रहरी टोली परिचालन गरी स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस