१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कजााक राष्ट्रपतिद्वारा मन्त्रिमण्डल बर्खास्त



अ+ अ-

कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले आफ्नो मन्त्रिमण्डल बर्खास्त गरेका छन् । इन्धनको मूल्यमा भएको वृद्धिका कारण व्यापक विरोध प्रदर्शन भएपछि उनले देशको सबैभन्दा ठूलो सहर र तेलको धनी पश्चिमी क्षेत्रमा आपत्कालीन स्थिति लागू गरेका छन् ।

तोकायेभले बुधबार बिहान प्रधानमन्त्री अस्कार मामिनको नेतृत्वमा रहेको मन्त्रिमण्डलको राजीनामा स्वीकृत गरेको र तरल पेट्रोलियम ग्यास (एलपीजी) मा मूल्य नियन्त्रण पुनर्स्थापना गर्न कार्यवाहक मन्त्रिमण्डलई आदेश दिएको बताए।

उनले पेट्रोल, डिजेल र अन्य ‘सामाजिकरूपमा महत्त्वपूर्ण’ उपभोग्य वस्तुहरूमा मूल्य नियन्त्रणलाई व्यापक बनाउन कार्यवाहक मन्त्रिमण्डलई पनि आदेश दिए। 

राजधानी अलमाटीमा सरकारको राजीनामाको माग गर्दै हजारौँ प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि यस्तो कदम चालिएको बताइएको छ । तनावपूर्ण अवस्थालाई शान्त पार्ने प्रयासमा तोकायेभले बुधवार बिहान अलमाटी र पश्चिमी मङ्गिस्टाउ प्रान्तमा आपतकालीन स्थिति लागू गरे।

उनका अनुसार दुई हप्तासम्म यस्तो आदेश रहनेछ र बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू, आन्दोलन र ठूलो जमघटमा प्रतिबन्ध लगाइएको छ । 

“सरकारी र सैन्य कार्यालयहरूमा आक्रमणका लागि आह्वान गर्न पूर्णतया गैरकानूनी छ”, तोकायेभले राति पहिले एक भिडियो सन्देशमा भनेका थिए, “सरकार ढल्दैन, तर हामी द्वन्द्वभन्दा पनि आपसी विश्वास र संवाद चाहन्छौँ ।”

मेसेन्जर एप्स टेलिग्राम, सिग्नल र व्हाट्सएप सबै यो मुलुकमा उपलब्ध थिएनन् । विरोधका बारेमा रिपोर्ट गर्ने दुई स्वतन्त्र मिडिया वेबसाइटहरू ब्लक गरिएको देखिन्छ। सरकारले एलपीजीको मूल्य तोकेको एक दिनपछि जनवरी २ मा पश्चिमी मङ्गिस्टाउ क्षेत्रको झानाजोएन सहरमा विरोध प्रदर्शन भएको थियो।

मङ्गिस्टाउ अटोमोबाइलका लागि मुख्य इन्धनका रूपमा तुलनात्मकरूपमा सस्तो एलपीजीमा निर्भर छ । मूल्यमा कुनै पनि उछालले खाद्यान्नको मूल्यलाई असर गर्ने बताइएको छ । यो सहरले महामारी कोरोना भाइरसको सुरुदेखि नै तीव्र वृद्धि देखेको छ। विरोध प्रदर्शन चाँडै मङ्गिस्टाउ र पश्चिमी कजाकिस्तानका अन्य भागहरूमा फैलियो ।