१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध लाख १३ हजार स्रोत नखुलेको रकमसहित दुई पक्राउ



अ+ अ-

पर्सा। जिल्ला प्रहरीले स्रोत नखुलेको रु १४ लाख १३ हजार ५०० रकमसहित दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगर–२ घुसुकपुरका ३९ वर्षे सञ्जय साह र बाराको महागढीमाई नगरपालिकाका ४१ वर्षे शनिकुमार ठाकुर रहेका छन् ।

पर्साका प्रहरीका प्रवक्ता सुवास भट्टले वीरगञ्ज महानगर घुसुकपुर इदगाह चोक सडकखण्डमा भारतिय नं. प्लेट भएको विआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल बिहीबार रोकेर खानतलासी गर्दा सो परिमाणको स्रोत नखुलेको रकम बरामद भएको हो ।

‘‘मोटरसाइकलमा फल्स सिलिङ बनाइलुकाइ राखेको अवस्थामा नखुलेको नेपाली रू एक हजार दरका रु १० लाख र पाँच सय दरका ८२७ नोटको रु चार लाख १३ हजार ५०० बरामद भएको छ’’, उहाँले भन्नुभयो, ‘‘पक्राउ परेका दुई जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’’ रासस