१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानी लिपुलेक कूटनीतिक पहलबाट प्राप्त गर्नुपर्छ : मन्त्री पौडेल



अ+ अ-

डोटी। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताउनुभएको छ ।

डोटीको दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको र यो मुद्दालाई अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ । सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ ।” मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाउनुभयो ।

उहाँले नेपालले आफ्नो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “हामीले हाम्रो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्छ तर युद्ध गरेर होइन, प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ । प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनुपर्यो, अन्तरराष्ट्रिय जगत्मा पनि हामीले यो विषय लिएर जान सक्नुपर्यो ।”

मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठ्ने विश्वास व्यक्त गर्नुभयो । यो विषयमा सबै राजनीतिक दलहरू एक ढिक्का हुनुपर्ने उहाँको भनाइ छ । रासस