१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलको माध्यमबाट समाधान गरोस्ः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट चीन र भारतले गरेको व्यापार सम्झौताको विषय अहिले चर्चामा छ । यस समस्यालाई सरकारले कुटनीतिक पहलको माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् । संयोग छ सभामुख महोदय सम्माननीय प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ । त्यो समयमा दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस् भनेर माग गर्न चाहान्छु । यस्तो बेलामा हामी सबै नेपालीहरु कुनै पार्टी र कुनै जातिको नभई सम्पूर्णको नेपालको तर्फबाट स्वाभिमान र राष्ट्रिय एकतापक्षको पक्षमा उभिनुपर्छ ।’

उहाँले तीब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे समेत दुई देशबीच आपसी सहकार्य र समन्वय हुनुपर्ने बताउनु भयो ।