२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

बालुवाटार जग्गा प्रकरणः तीन सयविरुद्ध पक्राउ पूर्जी, पूर्वमन्त्रीहरु भने जोगाइए

बालुवाटार जग्गा प्रकरणः तीन सयविरुद्ध पक्राउ पूर्जी, पूर्वमन्त्रीहरु भने जोगाइए
अ अ+ अ-

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा करिब ३ सय जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीन सयभन्दा बढीविरुद्ध कीर्ते कसुरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गराएको हो । 

सीआईबीले बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै यसबारेको प्रतिवेदन केही दिनमै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइने जनाएको छ । 

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई भने जोगिएका थिए । 

सीआईबीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार अभियोगमा मुद्दा दायर गरेका विजयकुमार गच्छदारसहितका पूर्वमन्त्रीहरूलाई प्रतिवादी बनाएको छैन । 

अख्तियारले तीन पूर्वमन्त्रीहरू गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टचार अभियोगमा विषेश अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये विजयकुमार गच्छदार १० लाख, डम्बर श्रेष्ठ ५ लाख धरौटीमा छुटेका छन् भने शोभकान्त ढकाल मात्रै हाल थुनामा छन् ।  

यस्तै, चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाडिएको छ भने भ्रष्टाचारमा मुद्दा दायर भएपछि विजयकुमार गच्छदारको सांसद पद नै निलम्बनमा छ । 

सिआईबीको सूचीमा करिब ४ सय जना रहेकामध्ये कस–कसविरुद्ध मुद्दा लैजाने भन्ने अन्तिम तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ । 

यता, अख्तियारले दुई पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईलाई मुद्धा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । 

उक्त मुद्दाको सुनुवाइ भए पनि सर्वोच्चभित्रै विवाद भएपछि सर्वोच्चले निर्णय सुनाउन सकेको छैन । अख्तियारले अरु ६५ जनासँग जग्गा जफत गर्न माग गरेको छ । 

सो प्रकरणमा मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । 

सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिएको थियो । 

ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । 

सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । सीआईबीका उच्च अधिकारीका अनुसार भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको छ । 

त्यस्तै, डिल्लीबजार मालपोतका तत्कालीन लेखनदास रामकुमार सुवेदी दम्पती र शोभाकान्त ढकालको संयुक्त नाममा २३ रोपनी जग्गा रहेको खुलेको छ ।