२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार नक्कली परीक्षार्थी पक्राउ



अ+ अ-

कर्णाली। लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार÷इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशङ्कर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिंह कुशे गाउँपालिका–७ समकोट जाजरकोट निवासी हुन् । उनले छेडागाड नगरपालिका १२ जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए । तिरुवा भगवतीमाई गाउँपालिका–७ दैलखका हुन् । उहाँले सोही गाउँपालिका–५ का सुशील शाहीको सट्टामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिइ गएको प्रहरी टोलीले चार जनालाई नै नियन्त्रण थिएको थियो । आज प्रेस नोट जारी गर्दै सुर्खेत प्रहरीले नियन्त्रणमा लिइएका चारै जनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । रासस




भर्खरै