२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

वर्षमान र जर्नादनजीबीच सहमति नभए म महासचिव : देव गुरुङ (भिडियो सहित)

वर्षमान र जर्नादनजीबीच सहमति नभए म महासचिव : देव गुरुङ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टीको महासचिवमा जनार्दन शर्मा र वर्षामान पुन बीच सहमति नभए  तेस्रो सहमतिको उम्मेदवार मा जान सक्ने बताउनु भएको छ । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो बर्षमान पुन (अनन्त) र  जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको छ ।सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरुबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताउनु भयो । 

नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो । नेता गुरुङले भन्नुभयो, ‘अहिलेको सन्दर्भमा निश्चितरुपले दुई जना उम्मेदवारको बारेमा वर्षमान पुन (अनन्त) र  जनार्दन शर्मा (प्रभाकर) को सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर जो आइरहेको छ । उहाँहरुको दाबेदारी रहेको स्थितीमा अध्यक्ष कम्रेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास त गरिरहनु भएको छ । 

उहाँहरु दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराइकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाई नास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । त्यस अवस्थामा ठीक छ तपाईले चाहनुभएको छ,सहमतिको उम्मेदवार खोज्नुभएको छ भने राम्रो कुरा हो । यो कदमप्रति हाम्रो समर्थन हुन्छ । सहयोग हुन्छ । तोकिएका जिम्मेवारीहरु पूरा गर्न हामी तयार छौँ ।’

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरु सहमतिमै चयन गर्न आग्रह गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितीमा पुग्ने दाबी गर्नुभयो । नेता गुरुङले पार्टी र देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनु भयो नेता गुरुङले पार्टी र  देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनु भएको हो । उहाँले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनु भयो ।