२० श्रावण २०८३, बुधबार
,
Latest
परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्कु प्रहारबाट युवकको मृत्यु



अ+ अ-

रौतहट। यहाँस्थित यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ ।

आज अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासी चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पु¥याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिनुभयो ।

लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । मृतकको शव सनाखत भई आफन्तलाई बुझाउने प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ । रासस