२ श्रावण २०८३, शनिबार
,
Latest
मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइराला पक्षका नेताहरूको भेला जारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले बोलाएको बैठक सिंहदरबार नजिकको बसेरा होटलमा जारी छ । 

कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । 

मंगलबार बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो । 

जारी बैठकमा कोइरालाले तिनै तहको निर्वाचनमा कांग्रेसले विजयी प्राप्त गर्ने र एक्लैले चुनाव लड्ने बताएका छन् । भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस हुनुको गर्व अुनभूति गराउने प्रयासमा हामी लागि नै रहने छौं । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिवद्ध छौं ।,’