२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी
अ अ+ अ-

काठमाडौं: १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाएको छ ।

हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै विश्व फोटोग्राफी दिवस मानाउदै आए सस्थाले यस वर्ष उक्त दिवसको उपलक्षमा यस वर्ष एनएफपिजे नेपालले सस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको Flight and Frame नामक एकल फोटो प्रदर्शनी गरेको हो ।

भदौ ३ गते अगष्ट १९ विश्व फोटोग्राफी दिवसको अवसर पारेर काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी गरेकोको उक्त प्रर्दशनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारको काम गर्दा हवाइजहाजवाट नेपालका विभिन्न जिल्लाको भौगोलीक तथा पर्यटकीय क्षेत्रको फोटो कैद गरका ६० वटा फोटाहरू प्रदर्शनमा राखिएको थियो ।

राष्ट्रिय फोटोपत्रकार समूहले पहिलो पटक यसरी एकल फोटो प्रर्दशनी आयोजना गरेको हो। आगामी दिनमा यसै गरि अन्य सदस्यहरुको पनि एकल फोटोप्रर्दशनी गर्दै जाने बताउनु भयो ।

फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति राशसका सिनियर फोटो पत्रकार पनि हुनुहुन्छ ।

कार्यक्रममा मुख्य अतिथिहरु सस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरु मिनरत्न बज्रचार्य,कविन्द्रमान शाक्यले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो भने उक्त कार्यक्रममा सस्थाका सदस्य लगायत फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूको उल्लेख्य सहभागिता रहको थियो । उक्त कार्यक्रम सर्वसाधारणलाई नै लक्षित गरेर हनुमानढोकामा प्रर्दशनी आयोजना गरेको अध्यक्ष वन्तले वताउनु भयो ।साथै उक्त प्रर्दशनीमा स्थानीय व्यक्ति, स्थानीय पर्यटक तथा विदेशी पर्यटकहरु पनि प्रर्दशनी हेर्दै रमाइ रहेका थिए ।

प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्नेछ भन्ने विश्वास लिएर नै हामीले यसवर्ष अध्यक्षको एकल फोटो आयोजना गरेको महासचिव घनस्याम श्रेष्ठले वताए ।