२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

१५ मिनेटको अन्तरमा जुम्ल्याहा जन्मिए तर फरक वर्षमा

१५ मिनेटको अन्तरमा जुम्ल्याहा जन्मिए तर फरक वर्षमा
अ अ+ अ-

क्यालिफोर्नियाकी एक महिलाले १५ मिनेटको अन्तरमा तर फरक–फरक दिनमा जुम्ल्याहा बच्चा जन्माएको एउटा अनौठो संयोग भएको छ । 

फातिमा मड्रिगलले आफ्नो छोरा अल्फ्रेडोलाई नयाँ वर्षको पूर्वसन्ध्यामा राति ११ः४५ बजे स्वागत गरिन् । उनको जुम्ल्याहा बहिनी आयलिनको जन्म सन् २०२२ मा भएको थियो जतिबेला घडीको सुईले मध्यरात्रि देखाएको थियो । 

“यो मेरो लागि पागलपन हो, तिनीहरू जुम्ल्याहा छन् र फरक जन्मदिनका छन्। उनी मध्यरातमा आइपुग्दा म छक्क र खुसी भएँ”, मड्रिगलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नाटिभिडाड मेडिकल सेन्टरमा दाजुबहिनीको जन्म भएको थियो । अस्पतालले बच्चाहरुको फोटो सेयर गर्दै लेखेको छ, ‘२० लाख जन्ममा एउटा मौका’ । “मध्यरातमा नाटिभिडाडले सन् २०२२ को पहिलो बच्चाका रूपमा आयलिन योलान्डा ट्रुजिलोलाई लाई स्वागत गर्यो, उनको जुम्ल्याहा अल्फ्रेडो एन्टोनियो ट्रुजिलो १५ मिनेट पहिले ११ः४५ शुक्रवार, डिसेम्बर ३१ मा जन्मिएको थियो, जसको मतलब तिनीहरूको जन्मदिन, महिना र वर्ष फरक पर्छ। यो २० लाखमा एउटा मौका हो”, नाटिभिडाड मेडिकल सेन्टरले ट्विट गरेको छ । 

जुम्ल्याहा बच्चालाई जन्म दिने पारिवारिक चिकित्सक डा एना एब्रिल एरियासले यो उनको करियरकै सबैभन्दा धेरै सुत्केरीमध्येको एक भएको बताइन्। “यी सानाहरूलाई २०२१ र २०२२ मा यहाँ सुरक्षितरूपमा आइपुग्न मद्दत गर्न पाउँदा एकदमै खुशी लाग्यो”, उनले भनिन् । 

फातिमा मड्रिगल र रोबर्ट ट्रुजिलो परिवारमा तीन अन्य बच्चा छन्, दुई छोरी र एक छोरा । अमेरिकामा बर्सेनि एक लाख २० हजार जुम्ल्याहा बच्चा जन्मिने गरेको अस्पतालले जनाएको छ । यद्यपि फरक फरक दिनमा जुम्ल्याहा जन्मेको घटना धेरै दुर्लभ छन्।

“फरक–फरक जन्मदिन भएका जुम्ल्याहा बच्चाहरू दुर्लभ भए पनि कतिपयले २० लाखमा एकजना जुम्ल्याहा बच्चा फरक–फरक वर्षमा जन्मिने सम्भावनाको अनुमान गर्छन्”, अस्पतालले एक विज्ञप्तिमा भनेको छ । 

यस्तै दुर्लभ डेलिभरी ३१ डिसेम्बर २०१९ मा देखिएको थियो। डन गिलियमले राति ११ः३७ मा आफ्नो पहिलो बच्चा जन्माइन् र त्यसपछि उनको दोस्रो सन्तान १ जनवरी २०२० मा १२ः०७ बजे आइपुग्यो।