• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

१५ मिनेटको अन्तरमा जुम्ल्याहा जन्मिए तर फरक वर्षमा



क्यालिफोर्नियाकी एक महिलाले १५ मिनेटको अन्तरमा तर फरक–फरक दिनमा जुम्ल्याहा बच्चा जन्माएको एउटा अनौठो संयोग भएको छ । 

फातिमा मड्रिगलले आफ्नो छोरा अल्फ्रेडोलाई नयाँ वर्षको पूर्वसन्ध्यामा राति ११ः४५ बजे स्वागत गरिन् । उनको जुम्ल्याहा बहिनी आयलिनको जन्म सन् २०२२ मा भएको थियो जतिबेला घडीको सुईले मध्यरात्रि देखाएको थियो । 

“यो मेरो लागि पागलपन हो, तिनीहरू जुम्ल्याहा छन् र फरक जन्मदिनका छन्। उनी मध्यरातमा आइपुग्दा म छक्क र खुसी भएँ”, मड्रिगलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नाटिभिडाड मेडिकल सेन्टरमा दाजुबहिनीको जन्म भएको थियो । अस्पतालले बच्चाहरुको फोटो सेयर गर्दै लेखेको छ, ‘२० लाख जन्ममा एउटा मौका’ । “मध्यरातमा नाटिभिडाडले सन् २०२२ को पहिलो बच्चाका रूपमा आयलिन योलान्डा ट्रुजिलोलाई लाई स्वागत गर्यो, उनको जुम्ल्याहा अल्फ्रेडो एन्टोनियो ट्रुजिलो १५ मिनेट पहिले ११ः४५ शुक्रवार, डिसेम्बर ३१ मा जन्मिएको थियो, जसको मतलब तिनीहरूको जन्मदिन, महिना र वर्ष फरक पर्छ। यो २० लाखमा एउटा मौका हो”, नाटिभिडाड मेडिकल सेन्टरले ट्विट गरेको छ । 

जुम्ल्याहा बच्चालाई जन्म दिने पारिवारिक चिकित्सक डा एना एब्रिल एरियासले यो उनको करियरकै सबैभन्दा धेरै सुत्केरीमध्येको एक भएको बताइन्। “यी सानाहरूलाई २०२१ र २०२२ मा यहाँ सुरक्षितरूपमा आइपुग्न मद्दत गर्न पाउँदा एकदमै खुशी लाग्यो”, उनले भनिन् । 

फातिमा मड्रिगल र रोबर्ट ट्रुजिलो परिवारमा तीन अन्य बच्चा छन्, दुई छोरी र एक छोरा । अमेरिकामा बर्सेनि एक लाख २० हजार जुम्ल्याहा बच्चा जन्मिने गरेको अस्पतालले जनाएको छ । यद्यपि फरक फरक दिनमा जुम्ल्याहा जन्मेको घटना धेरै दुर्लभ छन्।

“फरक–फरक जन्मदिन भएका जुम्ल्याहा बच्चाहरू दुर्लभ भए पनि कतिपयले २० लाखमा एकजना जुम्ल्याहा बच्चा फरक–फरक वर्षमा जन्मिने सम्भावनाको अनुमान गर्छन्”, अस्पतालले एक विज्ञप्तिमा भनेको छ । 

यस्तै दुर्लभ डेलिभरी ३१ डिसेम्बर २०१९ मा देखिएको थियो। डन गिलियमले राति ११ः३७ मा आफ्नो पहिलो बच्चा जन्माइन् र त्यसपछि उनको दोस्रो सन्तान १ जनवरी २०२० मा १२ः०७ बजे आइपुग्यो।