२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक विकास वित्त परिचालन विधेयक अर्थ समितिबाट पारित



अ+ अ-

काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाको अर्थ समितिबाट पारि गरिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको प्रतिवेदन छिट्टै संसदमा प्रश्तुत गरिने बताउनु भयो ।

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याएको हो । बैठकमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक पास भइसकेपछि मुलुकको खर्च गर्ने क्षमताअनुसार पर्याप्त स्रोत जुटाउन सकिने विश्वास व्यक्त गर्नुभयो । विधेयक पास भइसकेपछि बजेटको अभावमा योजना कटौति गर्नुपर्ने विद्यमान समस्यामो समेत हल गर्ने विश्वास व्यक्त गर्दै यस विधेयकलाई छिटो संसदमा प्रश्तुत गर्न समेत आग्रह गर्नुभयो ।

विधेयकले विकासको गतिलाई तिब्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।