काठमाडौँ । सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको छ । कांग्रेस–एमालेले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ ।
तर, कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षले भने असन्तुष्टि जनाएका छन् ।
कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन् । पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भएपनि आफूलाई कुनै खबर नआएको शेखर निकट सांसद बताउँछन् ।
उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको शेखर पक्ष बताउँछ । कोइरालाले पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् ।










