२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको आरोपः सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउन खोज्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरु कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गर्नुभयो ।उहाँले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलामा प्रधानन्यायाधीश समेत अल्पमतमा पर्ने अवस्था आउनु न्याय सम्पादन प्रक्रियाकै मजाक भएको टिप्पणी गर्नुभयो । उहाँले पुरुषलाई बहुविवाह गर्न दिने अधिकारसम्बन्धी कानूनी मस्यौदाको समेत विरोध गर्दै उक्त प्रस्तावलाई अस्वीकार्य करार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘झन्डै दुई तिहाईको सरकारले राज्यका सबै संयन्त्रमाथि कब्जा जमाएर राज्य आतंक मच्चाउन खोजेको हामीलाई आभास भएको छ । केही समय अगाडि संवैधानिक निकायका पदाधिकारीहरुको सम्बन्धमा परेको एउटा मुद्दामा सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशज्यु समेत अल्पमतमा रहनेगरी एउटा फैसला आएको थियो । र न्याय सम्पादन कार्यमा एउटा मजाको स्थिति सिर्जना भएको थियो । त्यसैगरी पुरुषहरुलाई बहुविवाह गर्न पाउने अधिकारको कानूनी मस्यौदाको कुरा पनि अगाडि आएको थियो । जसलाई हामी सबैले विरोध गर्यौं र यतिबेला ओझेलमा परेको छ । फेरि प्रतिनिधि सभाका सम्माननीय उपसभामुखज्यूलाई महाअभियोग लगाएर हटाउने भन्ने दुष्प्रयास भइरहेको छ भन्ने हामीले सुनेका छौं । यदि त्यस्तो भयो भने ठूलो बिडम्वना हुनेछ । यी सबै राज्य आतंक फैल्याउने कार्य बन्द गरियोस् ।’

सांसद आलेमगरले प्रतिनिधि सभाकी उपसभामुखलाई महाअभियोग लगाउने प्रयास भइरहेको सुनेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले राज्य आतंक फैलाउने कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो ।