११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभ्यता र संस्कृतिको विकासमा आफ्नो सदा साथ रहने प्रतिवद्धता – केपी ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पार्नु भयो । 

संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनु भयो । उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिनु भयो  । अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । 

अध्यक्ष ओलीले ग्रयाभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दावी गर्नु भयो । उहाँले अष्टवक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेको पनि भन्नु भयो । अध्यक्ष ओलीले थप्नु भयो, ‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन । हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको सृष्टि भएको ठाउँ भएको हुनाले र सभ्यताको विकास यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गईहाल्छ त । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरु प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरु एउटा झिल्कोबाट प्रमिथस भएर निस्के । हाम्रो ठाउँकाहरुलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि निभेर गयो । त्यसकारण हाम्रो ज्ञानचाँही पछाडि पर्‍यो । उनीहरुको ज्ञान अगाडि बढ्यो । अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे । न्यूटनले ग्रयाभिटेशनको थेउरी पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । यी विद्धानहरुको त कुरै छैन । फष्ट फिलोसफर को थिए ? भन्दाखेरी शुकरात  । शुकरात भन्दा हजारौैं वर्ष अगाडि अष्टवक्रजस्ता फिलोसफरहरुको कुरै छैन । त्यसकारण यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तीनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ । तपाईहरुको यो जोगाउने प्रयासलाई धेरैधेरै प्रशंशा गर्दछु । धन्यवाद भन्छु । र तपाईहरुको अभ्यास कायम राख्नुस । मेरो आफ्नो ठाउँबाट तपाईहरुको अभ्यासलाई साथ छ ।

अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताउनु भयो । उहाँले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताउनु भयो ।