२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ

सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताउनु भयो । बासमति धान नेपालको रैथानी बाली भएपनि हाल यसको प्याटन राईट्स भने भारतले लिएको उहाँले बताउनु भयो । बासमति धानको प्याटन राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उहाँको भनाई छ । यी लोपन्मुख चिजहरुलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो अधिकार दाबी गर्नको लागि पनि हुलाक टिकटहरुको महत्वपूर्ण भुमिका हुने उहाँले बताउनु भयो । लोप हुन लागेका वस्तुहरुको नाममा अब सरकारले हुलाक टिकट छाप्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा एकदमै लोप हुन लागेको चिजहरु हुन्छ नी । वनस्पति होला, जनावरहरु होला, पशुपंक्षीहरु होला । हाम्रो रैथाने बालीनालीका कुराहरु त्यो पनि अहिलेको जरुरी छ के, हाम्रो सम्पति अधिकार रक्षा गर्ने काममा हुलाक टिकटको एकदमै महत्वपुर्ण भुमिका हुन्छ । बासमती धान खासमा हाम्रो हो, तर बासमति धानको प्याटन राईट्स चाँही भारतले लिईसक्यो । त्यो प्याटन राईट्सबाट जति पैसा आउँछ, त्यो भारतले पाउँछ, नेपालले पाउँदैन । हाम्रो बेसारको कुरा होला बेसारको प्याटन राईट्स । धानमा पनि झिनुवा धान भन्ने हुन्छ, विभिन्न प्रकारका एक्ले धान छ होला । हाम्रो एक्ले फाँट भन्ने कति छ, कति । त्यस्तो चिजहरु चाहीँ संरक्षण गर्ने महत्वपूर्ण ठाउँ यो हुलाक टिकट पनि हो । लोप हुन बाट जोगाउने या आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रश्तुत गर्नको लागि पनि यस्तो टिकटहरुको महत्वपूर्ण भुमिका हुन्छ ।’  

सञ्चारमन्त्री गुरुङले देशमा योगदान दिने व्यक्तिहरुको नाममा पनि खोजी खोजी हुलाक टिकट छाप्ने बताउनु भयो । विभिन्न मोर्चाहरु कुटनीतिक, लडाईं र प्रशासनिक मोर्चाहरुमा सहभागी भएर देश र जनताको पक्षमा लाग्ने व्यक्तिहरुको हुलाक टिकट प्रकाशन गर्ने उहाँको भनाई छ । उहाँले हामो भूमी जोगाउनको लागि पूर्खाहरुले लडार्इं गरेको बताउनु भयो । पूर्खाहरुले लडाईं लडेर  जोगाएको भूमी पनि अहिलेसम्म पाउन नसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले हाम्रो भुगोल पुरा गर्न पाएका छैनौँ । अहिलेसम्म हाम्रो भूगोल मिचिएको भनेकै छौँ, हामीले । हाम्रा पूर्वजहरुले जोगाएको भूमी पनि अहिले हामीले पूर्ण रुपमा पाउन सकेका छैनौँ । हामी त्यही अभियानमा छौँ, त्यो कति ठूलो महत्वपूर्ण योगदान रहेछ उहाँहरुको । विभिन्न मोर्चाहरुमा, कुटनीतिक मोर्चा होस्, या लडाईंको मोर्चा या प्रशासनिक मोर्चाहरुमा त्यो बेलाको राजा महाराजा जो शासक प्रणाली थियो, त्यसमा रहेर देश र जनताको पक्षमा लाग्ने सपुतहरुको के उहाँहरु भनेको । त्यस्तो व्यक्तिहरुको त म खोजी खोजी हुलाक टिकट प्रकाशन गर्छु ।’

कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीमबहादुर पाँडेको देशभक्ति र देश विकासमा रहेको योगदानको कदर गर्दै सरकारले उहाँको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते भीमबहादर पाँडेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । सरदार भीमबहादुर पाँडे कुसल प्रसाशक, अर्थशास्त्री तथा लेखक समेत हुनुहुन्थ्यो ।