१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले खाली कागजमा हस्ताक्षर संकलन गरिएको छ, आवश्यकता अनुसार प्रयोग हुन्छः योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीका सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेको जनाएका छन् ।

संसदीय राजनीतिमा खाली कागजमा हस्ताक्षर गर्ने पुरानै चलन भएको बताउँदै उनले आवश्यकताअनुसार प्रयोग गरिने बताए ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने , ‘यो कुनै ठूलो कुरा होइन। यो अहिलेदेखि हैन, पहिले ४८ सालदेखि नै चलेको चलन हो । हाम्रो जस्तो संसदीय अभ्यास भएका मुलुकहरुमा जहाँ पनि चल्छ ।’

पार्टीले आकस्मिक राजनीतिक परिस्थितिका लागि आफ्ना सांसदहरूको हस्ताक्षर पहिले नै लिएर राख्ने गरेको बताउदै उनले भने, ‘कुनै बेला अपर्झट प्रस्तावहरु दर्ता गर्नुपर्ने हुन्छ। त्यतिबेला माननीयहरु कोही विदेश गएका हुन्छन्, कोही काठमाडौं बाहिर हुन्छन् ।  त्यस्तो बेलामा प्रयोग गर्न पूर्वतयारीका लागि हस्ताक्षर लिएर राखिन्छ ।’

यस्तै, कांग्रेस र एमालेले एकैपटक हस्ताक्षर संकलन अभियान चलाएको र उपसभामुख हटाउन लागेको चर्चाबारे भट्टराईले यसमा सल्लाहले हस्ताक्षर गरेको नभई संयोगले एकै दिन परेको बताएका छन् ।