१० श्रावण २०८३, आईतवार
,
Latest
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘थ्री इडियट्स’मा प्रोफेसरको भूमिका निर्वाह गरेका अच्युत पोतदारको निधन



अ+ अ-

एजेन्सी । थ्री इडियट्स, रंगीला, इश्क, हम साथ साथ हैं, लगे रहो मुन्ना भाईदबंग २ जस्ता धेरै ब्लकबस्टर हिट फिल्ममा अभिनय गरेका अभिनेता अच्युता पोतदारको सोमबार निधन भएको छ । अभिनेता ९१ वर्षका थिए ।

अच्युत पोतदारको मृत्युको कारण खुलाइएको छैन । यद्यपि, हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, अभिनेतालाई उमेरसँग सम्बन्धित समस्याका कारण केही समय अघि मुम्बईको ठाणेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अन्तिम संस्कार आज हुनेछ ।

स्टार प्रवाह च्यानलको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलबाट अच्युत पोतदारलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । ४४ वर्षको अभिनय करियरमा अच्युत पोतदारले १२५ भन्दा बढी हिन्दी र मराठी चलचित्र, ९५ टिभी कार्यक्रम, २६ नाटक र ४५ विज्ञापनमा काम गरिसकेका छन् ।

अच्युता पोतदारले आफ्नो करियरको सुरुवातमा अल्बर्ट पिन्टो को गुस्सा क्युँ आता है, अर्ध सत्यजस्ता फिल्ममा काम गरेका थिए । त्यसपछि उनले तेजाब, राजु बन गया जेन्टलम्यान, चमत्कार, दामिनी, दिलवाले, गुंडाराज, रंगीला, इश्क, वास्तव, हम साथ साथ हैं, रिश्ते, दिल है तुम्हारा, परिणीता, लगे रहो मुन्ना भाई, भूतनाथ, दबंग २, आर राजकुमार जस्ता फिल्ममा अभिनय गरेका छन् ।

अच्युत पोतदारले आमिर खान, आर. माधवन र शर्मन जोशी अभिनित ब्लकबस्टर फिल्म ३ इडियट्समा प्रोफेसरको भूमिका निर्वाह गरेका थिए । फिल्ममा ‘कहना क्या चाहते हो’ संवाद निकै लोकप्रिय थियो र यसका मीमहरू अझै पनि सामाजिक सञ्जालमा लोकप्रिय छन् ।