५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कारागारमा रहेका रविलाई भिटामिन ‘डी’को कमी, प्रेसर नर्मल

कारागारमा रहेका रविलाई भिटामिन ‘डी’को कमी, प्रेसर नर्मल
file photo
अ+ अ-

काठमाडौँ । सहकारी ठगीको आरोप लागेर पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी भएको पाइएको छ ।

लामिछानेलाई हाइपर टेन्सनसमेत भएको चिकित्सकले बताएका छन् । उनको ब्लड प्रेसर भने नर्मल रहेको छ । अर्थात १२०/८० ब्लड प्रेसर रहेको हो ।

लामिछानेको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकले रगतको नमूना लिएर परीक्षण गरेका छन् । तर चिकित्सकले रगत परीक्षणको प्रतिवेदन दिइसकेका छैनन् ।

उनलाई जन्डिस भएको आशंकामा रगत परीक्षण गरिएको हो । तर हाइपर टेन्सन र भिटामिन डी को कमीका कारण समस्या देखिएको ट्रमा सेन्टर स्रोतले जनाएको छ ।

लामिछाने बिरामी भएलगत्तै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल भेट्न कारागार पुगेका थिए । उनले ट्रमा सेन्टरका चिकित्सकले रगत परीक्षण गर्न नमूना लिएपछि रिपोर्ट नआइसकेको बताए । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्ने उनको भनाइ छ ।

लामिछानेलाई शनिबार मात्रै रुपन्देही कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरिएको हो ।