२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने अस्वस्थ भएपछि नख्खु कारागारमै पुगेर लिए चिकित्सकले रगतको नमूना, के भएको हो ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सहकारी ठगीको आरोप लागेर पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन् ।

लामिछानेको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकले रगतको नमूना लिएर परीक्षण गर्न थालेका छन् ।

लामिछानेको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट आएको छैन ।

उनलाई जन्डिस भएको आशंकामा रगत परीक्षण गर्न लगिएको हो ।

उनी बिरामी भएलगत्तै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल भेट्न कारागार पुगेका थिए । उनले ट्रमा सेन्टरका चिकित्सकले रगत परीक्षण गर्न नमूना लिएपछि रिपोर्ट नआइसकेको बताए । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्ने उनको भनाइ छ ।

लामिछानेलाई शनिबार मात्रै रुपन्देही कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरिएको हो ।