२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

रवि लामिछाने अस्वस्थ भएपछि नख्खु कारागारमै पुगेर लिए चिकित्सकले रगतको नमूना, के भएको हो ?

रवि लामिछाने अस्वस्थ भएपछि नख्खु कारागारमै पुगेर लिए चिकित्सकले रगतको नमूना, के भएको हो ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सहकारी ठगीको आरोप लागेर पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन् ।

लामिछानेको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकले रगतको नमूना लिएर परीक्षण गर्न थालेका छन् ।

लामिछानेको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट आएको छैन ।

उनलाई जन्डिस भएको आशंकामा रगत परीक्षण गर्न लगिएको हो ।

उनी बिरामी भएलगत्तै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल भेट्न कारागार पुगेका थिए । उनले ट्रमा सेन्टरका चिकित्सकले रगत परीक्षण गर्न नमूना लिएपछि रिपोर्ट नआइसकेको बताए । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्ने उनको भनाइ छ ।

लामिछानेलाई शनिबार मात्रै रुपन्देही कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरिएको हो ।