२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनिक पुनःसंरचनाले सेवा प्रभावित हुँदैनः मुख्यमन्त्री पाण्डे



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले गरेको प्रशासनिक पुनःसंरचनाले नागरिकलाई दिइने सेवा प्रभावित नहुने बताउनुभएको छ ।

आज गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै उहाँले अहिले जिल्लाबाट सेवा दिइरहेका कुनै पनि कार्यालय खारेज नहुने तर केही कार्यालयले एकीकृत रूपमा सेवा दिने बताउनुभयो ।

“प्रशासनिक पुनःसंरचना गर्दा कुनै पनि सेवा कटौती हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रशासनिक खर्च कटौती र मितव्ययिताका लागि सात निर्देशनालय र दुई केन्द्र खारेज गरिएको हो ।” प्रशासनिक पुनःसंरचनाका लागि गठित अध्ययन कार्यदलले दिएको सुझाव अनुसार औचित्यका आधारमा केही कार्यालय र दरबन्दी कटौती गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कार्यदलको प्रतिवेदनअनुसार पुनःसंरचनाका बाँकी काम अगाडि बढाइने उहाँको भनाइ छ । सोही अवसरमा मुख्यमन्त्री पाण्डेले गत साउन ६ देखि १२ सम्म आफूले गरेको तिब्बत भ्रमणमा कोरला नाका नियमित सञ्चालनका लागि चिनियाँ पक्षसँग कुराकानी भएको जानकारी दिनुभयो । उहाँले पोखरादेखि चीनका विभिन्न सहरमा नियमित उडानका लागि पहल गरिएको बताउनुभयो ।