२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफलसँगै निर्णय हुने भएको छ । प्रशासन विशेष स्रोतका अनुसार नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुने संकेत मिलेको छ ।

विशेषगरी अर्थ मन्त्रालयको प्रस्तावमा ठोस निर्णय आउने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा सरकारको तर्फबाट नीतिगत र कार्यगत दुवै खालका एजेन्डा प्रस्तुत भई छलफल हुने अपेक्षा गरिएको छ ।