२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग



अ+ अ-

काठमाडौँ। सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।

उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज उहाँलाई भेट गरी न्यायिक जाँचका लागि आयोग गठन गर्न माग गरेको हो ।

गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताउनुभयो । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकाले न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने पत्रमा भनिएको छ ।

गृहमन्त्री लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पत्रकार खतिवडाले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ०८१ साउन ९ गते सौर्य जहाज दुर्घटना हुँदा खतिवडाका तीन सन्ततिसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । रासस