५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ
अ+ अ-

भैरहवा । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको जनाएको छ । “रुपन्देहीमा अवैध रूपमा नक्कली प्रमाणपत्रको कारोबार भइरहेको सूचना लामो समयदेखि आइरहेको थियो, त्यसैलाई पछ्याइरहेका थियौँ”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज कार्कीले भन्नुभयो, “सोही क्रममा यादवलाई ठूलो परिमाणमा नक्कली प्रमाणपत्रसहित पक्राउ गर्न सफल भयौँ ।”

सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयको जस्तै देखिने १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र फेला पारेको छ । विभिन्न शैक्षिक संस्थाका तीन वटा नक्कली र पाँच वटा स्ट्याम्पप्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बण्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको एक हजार ७०० थान रहेको १७ प्याकेट नक्कली होलोग्राम र स्टिकर प्रहरीले बरामद गरेको छ ।

यसैगरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो फेला पारेको हो ।

जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सटी, कानपूर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयकासहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयको नाम लेखिएका दर्जनौँ नक्कली छाप, चारवटा पेनड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आइफोन, एक थान रियलमी मोबाइल, तीनवटा एटीएम कार्ड, भारु १८ हजार ५०० रुपैयाँ र नेपाली तीन हजार २५ रुपैयाँ नगद बरामद गरिएको कार्कीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले पक्राउ परेका यादव कसैका लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताउनुभयो ।

उहाँले प्रायजसो विदेश अध्ययन र कामको प्रायोजनको लागि नक्क्ली प्रमाणपत्र बनाउने गरेको सुरुवाती अनुसन्धानमा खुलेको बताउनुभयो । “यस बाहेक अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई नकार्न सकिँदैन,” उहाँले भन्नुभयो “हामीले यसको मूख्य मानिससहित अन्यलाई पहिचान गरेका छौँ, उनीहरु फरार रहेकाले पक्राउ परेपछि थप कुराहरु खुल्नेछ ।”