२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

सहिद दशरथ चन्द विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न लाग्छौँः मुख्यमन्त्री शाह

सहिद दशरथ चन्द विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न लाग्छौँः मुख्यमन्त्री शाह
अ अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न आफूले सक्दो पहलगर्ने बताउनुभएको छ ।

आज यहाँ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सङ्घ सरकारसँगको संवाद र छलफलबाट विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताउनुभयो ।

मुख्यमन्त्री शाहले सङ्घ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा पहल गरिने बताउनुभयो । केही दिनअघि विश्वविद्यालयबारे प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो ।

समितिले चालु आर्थिक वर्षमा नै चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६०० शय्याको अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार भए तत्काल तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न पहलका लागि मुख्यमन्त्री शाहलाई आग्रह गरेको छ ।

ऐनअनुसार विश्वविद्यालयसभा गठन र पदाधिकारी नियुक्ति गरी रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा योगदान पुर्याउँने गरी यथाशीघ्र काम अगाडि बढाउन सङ्घर्ष समितिले आग्रह गरेको छ । रासस