१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा हुनुभएका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सो क्रममा महानिरीक्षक अर्यालले सङ्गठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ सम्पादन गर्न निर्देशन दिनुभयो । रासस