५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बिपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री

बिपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँः परराष्ट्रमन्त्री
अ+ अ-

काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ “परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एकबर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरुमा सबैसँग बिपीनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।”

मन्त्री डा राणाले गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरु, जि७७ प्लस, जि२०, एलडिसी समूह लगायतका बैठकहरुलाई सम्बोधन गर्ने क्रममा पनि बिपिन रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसैगरी गत असोजमा दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरुमा पनि उहाँले सो विषय उठाउनुभएको थियो । इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरुसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरुसँग भेटेरै बिपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

बिपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राखेको बताउँदै मन्त्री डा राणाले इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरु रिहा गर्न दबाब दिएपछि मन्त्री डा राणाले पनि आफ्नो कूटनीतिक पहललाई थप सक्रिय बनाउनुभएको थियो ।

उहाँले गत माघमा कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै बिपिनको रिहाइका लागि आग्रह गर्नुभयो । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।

मन्त्री डा राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी सोही आग्रह गर्नुभयो । हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमा नै बिपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह उहाँले विदेशमन्त्रीसँग गर्नुभएको थियो ।

त्यसैगरी उहाँले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गर्नुभयो । आफ्नो शल्यक्रियाका लागि बैंककमा रहनुभएकी मन्त्री डा राणाले त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गर्नुभएको थियो ।

त्यसैगरी उहाँले गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी बिपिनको रिहाइमा अमेरिकाको सहयोग माग्नुभएको थियो । त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि मन्त्री डा राणाले सो अनुरोध गर्नुभएको थियो ।

उहाँले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराउनुभएको जानकारी पनि दिनुभएको छ ।

मन्त्री डा राणाले नेपाल सरकारले यो मुद्धालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयासमा जुटिरहेको बताउँदै बिपिनको रिहाइमा लागिपरेको इजरायल सरकार, इजरायली नागरिक, त्यहाँ रहेका नेपाली एवं विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।

हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको र यो नेपाल सरकारको दायित्व हो भन्दै उहाँले हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल पुगेका र उहाँले इजरायली राष्ट्रपतिसँग भेटगरी बिपिनको रिहाइको अपिल गरेका जानकारी पनि गराउनुभएको छ ।