७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेक बाउन्स आरोपमा पक्राउ परेका गोर्खालीविरुद्ध ५ दिन म्याद थप



अ+ अ-

काठमाडौँ । चेक बाउन्सको कसुरमा पक्राउ परेका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)विरुद्ध ५ दिन म्याद थप भएको छ ।

१० करोड रुपैयाँ बराबरको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले चन्द्रागिरीबाट सोमबार उनलाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले गोर्खालीलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद दिएको हो । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरेको जनाएको छ ।

गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, पछि उनले टिकट पाएनन् ।

२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको थियो । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेका थिए । यो प्रकरणमा गोर्खाली १० वर्ष कैद भुक्तान समेत गरेका थिए ।

उनी पटक–पटक पक्राउ पर्दै आएका छन् ।