१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र मभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा छन् । राजनीतिले बिगारेको यो सुधारका लागि हामी राजनीति मा संलग्न हुन बाध्य भएका छौं,’ उनले भने ।

केही समयमै आफ्नो दलको नाम सार्वजनिक गर्ने उनको भनाई छ ।