१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताउनुभएको छ । उहाँले भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु सङ्कटलाई देखाएको उल्लेख गर्दै समयमा नै सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले पाकिस्तानमा हालै आएको बाढीपहिरो, साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहरण दिँदै यो सङ्कटको गम्भीर स्मरण गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सीमापारी जोखिम मूल्याङ्कन गर्न सक्छौँ, जानकारी र ज्ञानको सीमापारी साझेदारी गर्न सक्छौँ । जलवायुजन्य सङ्कट न्यूनीकरणका लागि अब चुप लागेर बस्नुहुँदैन ।”

महामन्त्री थापाले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । “संसदीय बहसहरू, संवादहरू जारी राखौँ”, उहाँले भन्नुभयो । उहाँले जलवायुसम्बन्धी मुद्दालाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका महत्वपूर्ण रहेको र समुदायस्तरबाट सङ्कलित जलवायु अनुकूलनका ज्ञानलाई राष्ट्रिय नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।