२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले हुँ, सदस्यताबारे धेरै छलफल गर्न आवश्यक छैन: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको बताउनु भएको छ ।

विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको २१ औं वार्षिक उत्सव कार्यक्रमका लागि विराटनगर पुग्नु भएका भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उहाँले आफूलाई गुट चलाउन नआउने भन्दै कुनै गुट नचलाएको दाबी गर्नुभयो ।