२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

२५ गतेदेखि नागरिकता बिहिनहरुले आन्दोलन गर्ने

२५ गतेदेखि नागरिकता बिहिनहरुले आन्दोलन गर्ने
अ अ+ अ-

काठमाडौं । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको  छ।  आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै ई.इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् ।  

कार्यक्रममा बोल्दै ई.इन्द्रजित साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रि«य स्तरको आन्दोलन गर्ने पनि उनले चेतावनी दिए । सरकारले जसरी भन्छ आफुहरु त्यसरी नै प्रस्तुत हुने पनि उनले बताए । उनले जबसम्म माग पुरा हुँदैन त्यत्तिबेला सम्म आन्दोलन जारी रहने बताए । एकपटक आफ्नो ठाउँमा उभिएर सोच्न पनि सरकारलाई आग्रह गरे । 

आफुहरुको अन्तिम नारा ‘आफ्नो बुवा आमाले नागरिकता पाइसके, कि त हामीलाई मारीदिनुहोस् कि त नागरिकता दिनुहोस् । होइन भने हामी कुन देशका नागरिक हो उतै पठाइदिनुहोस् ।’रहेको पनि सुनाए ।  

ई.साफीले जुन आमाले ९ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता दिन नसकेकोमा सरकारप्रति गुनासो गरे । ६ लाख ८० हजार भन्दा धेरै युवाहरुले आजसम्म नागरिकता नपाएको समेत उनले उल्लेख गरे । 

अहिले सम्म ज–जसले नागरिकता पाएका छन् उनीहरुले मात्र कसरी पाए ? यसको उत्तर सरकारले आफुहरुलाई दिनपर्ने उनको भनाई थियो । उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए । उनले भने, ‘सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो होइन भने नागरिकता दिन पर्यो । यसरी आफ्ना नागरिकहरुलाई समस्यामा राख्न भएन ।’ 

ई.साफीले जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएको बताए । गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको पनि उनले जानकारी दिए ।  

उनले नागरिकताबाट बन्चित भएका धेरै पीडितको संख्या रहेको उल्लेख गर्दै लाखौ युवाहरुको नागरिकता नपाएर जिन्दगी बरबाद भइरहेको जिकिर गरे । यसको जवाफ सरकारले दिनै पर्ने उनको भनाई थियो । आफुपनि ईन्जिनियरीङ्ग अध्ययन सकेर पनि कैयौ सेवा तथा सुविधाबाट बन्चित भएको गुनासो गरे । 

नागरिकता पीडित साफीले सरकारले आफ्नो देशका नागरिकहरुलाई जसरी पनि नागरिकता दिन उनले माग गरे । कति आमाको आफ्नो नागरिकता नभएको कारण बच्चाको जन्मदर्ता गर्न नपाएर धेरै बच्चाहरुले पढ्न नपाएको र शिक्षाबाट बन्चित भएको उनले दुखेसो पोखे । 

सरकारले सुनेर पनि नसुनेको जस्तो र बुझेपनि नबुझेको जस्तो गरेर झन् आफुहरु थप पीडित भएको उनले बताए । देशभरीबाट नागरिकताबाट बन्चित भएका साथीहरु एकजुट भएको उनले जानकारी दिए । 

२५ गतेदेखि संसद भवन घेराउ, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास घेराउ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।