५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको ‘लापसे’ परीक्षण: २० चालक पक्राउ



फाईल फोटो ।
अ+ अ-

काभ्रेपलाञ्चोक । ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण अभियान सञ्चालन गरेको छ । परीक्षण अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत उपत्यका प्रवेश नाका काभ्रेपलाञ्चोकको साँगालगायत जिल्लाका विभिन्न स्थानमा गरेको परीक्षणमा लापसे गरेर सवारीसाधन चलाउने २० सवारी चालक पक्राउ परेका छन् । एक सय एक चालकको परीक्षण गरिएकामा उक्त सङ्ख्याका चालक पक्राउमा परेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सुनिल धाँजूका अनुसार हालसम्म साउन महिनामा तीन स्थानमा गरिएको परीक्षणमा २० प्रतिशत चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर, मयूर तथा काभ्रेपलाञ्चोक–पुण्यमाता यातायात समितिका चालक रहेको कार्यालयले जनाएको छ । सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताउनुभयो ।

सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने अभियानस्वरूप चालकको लागू पदार्थ सेवन ९लापसे० चेक गरिएको जनाइएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । सो परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य गरिएको छ ।




भर्खरै