२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आज बिहान मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सो सडकमा बाग्मती प्रदेश ०२–०४१ प ६८१९ को (डिओ) स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को (सुजुकीजिक्सर) मोटरसाइकल एकापसमा ठक्कर खाँदा घाइते भएका सिराहासाकिको जन्दहगाबिस–४ घरका अन्दाजी २९ वर्षीय भोला थापा तथा नाम, थर ठेगाना र आफन्त नखुलेको कालो पाइन्ट सेतो टिसर्ट लगाएका अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त दुर्घटनामा परी गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ भङगाल बस्ने २४ वर्षीय एरिक परियार तथा नाम, थर, वतन नखुलेको कालो ट्र्याक, नीलो टिसर्ट लगाएका अर्का पुरुष व्यक्ति घाइते भएका छन् । उनीहरू दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।”

दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइएको र मृतक तथा घाइतेका आफन्तको खोजी भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।