२० श्रावण २०८३, बुधबार
,
Latest
रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले सवारी धनीको निवेदनका आधारमा खोजी गरेर आज सम्बन्धित व्यक्तिलाई हस्तारण गरिएको बताउनुभयो ।

खोजी गर्ने क्रममा केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको पाइएको प्रहरीले जनाएको छ । यी सवारीसाधन काठमाडौँ उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायतका स्थानबाट फेला पारिएको प्रमुख अधिकारीले बताउनुभयो ।

बैङ्किङ कसुरको अभियोगमा राजेन्द्रबहादुर गोर्खाली पक्राउ प्रहरीले  बैङ्किङ कसुरको अभियोगमा ५५ वर्षीय राजेन्द्रबहादुर गोर्खालीलाई पक्राउ गरेको छ । विशेष टोलीले गोर्खालीलाई चन्द्रागिरि आसपासबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उनी विभिन्न आपराधिक घटनामा यसअघि पनि पक्राउ परेर कारबाही भोगिसकेका व्यक्ति हुन् ।  रासस