५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

नेपाल–चीन सीमा स्तम्भ निरीक्षण

नेपाल–चीन सीमा स्तम्भ निरीक्षण
किमाथाङ्का, ९सङ्खुवासभा०, १ भदौः सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा रहेको ६६ नम्बर सीमास्तम्भमा सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बिओपी र चिनीयाँ प्रहरीको संयुक्त टोली । तस्बिरः भविन कार्की÷रासस
अ+ अ-

सङ्खुवासभा। सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बिओपी र चिनीयाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्मचैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल–चीन सिमानाका सीमास्तम्भको निरीक्षण गरेको हो ।

टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका पाँच सीमास्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्काका इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा सात, चीनको स्वशासित क्षेत्र तिब्बतका प्रहरी नायब उपरीक्षक दावा छिरिङको नेतृत्वमा आठ तथा नेपाल प्रहरीका चार सुरक्षाकर्मी सम्मिलित संयुक्त टोलीले सीमास्तम्भ निरीक्षण गरेको हो ।

संयुक्त सुरक्षा टोलीले किमाथाङ्का नाकामा रहेका ६६, ६७, ६८÷२, ६९÷१ र ६९÷२ नम्बरका सीमास्तम्भ, सीमाको अवस्थालगायतका विषयमा निरीक्षण तथा अवलोकन गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

सङ्खुवासभामा नेपाल–चीन सीमामा २१ सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीन अन्तरराष्ट्रिय सीमास्तम्भ निकै पुरानो भएको बताइएको छ । गत जेठमा आएको बाढीले ७१÷१ को सीमास्तम्भ बगाएको थियो ।

किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षापोष्ट बिओपी स्थापना भएको हो । भोटखोला–१ स्थित दोङ्गोप्पाखोला र छोकाङखोलामा बाढीले बगाएको ७१÷१ सीमास्तम्भ हालसम्म फेला परेको छैन ।

भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजार बासिन्दाको बसोबास रहेको छ । उनीहरु सीमापारिको चाँगाबजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।

विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्दछ । यहाँ अझै पनि सडक सुविधा छैन । रासस