२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको भारत भ्रमणको औपचारिक निमन्त्रण



अ+ अ-

काठमाडौं। भारतीय विदेशसचिव विक्रम मिश्री शनिबार बिहान काठमाडौं आइपुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट आएको सो निमन्त्रणपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका छन्, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। विदेशसचिव मिश्री विशेष रूपमा यही निमन्त्रण पत्र हस्तान्तरण गर्न नेपाल आएका हुन्।