काठमाडौं । ‘पानी बाराबार’को हल्लापछि त्यसलाई खण्डन गर्दै कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काले एउटै गिलासको पानी पिएका छन् ।
केही मिडियाले सपुतको फिल्म ‘वसन्त’को प्रवर्धनमा स्वस्तिमा नहिँडेकाले यी दुईबीच बोलचाल बन्द भएको दाबि गर्दै उनीहरुबीच ‘पानी बारबारको स्थिती रहेको’ बताएका थिए । यसको खण्डन गर्दै उनीहरुले एउटा रोचक भिडिओ सार्वजनिक गरेका छन् ।
यो प्रकाश र स्वस्तिमा दुवै अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रमोसनल भिडियो हो । भिडियोमा उनीहरूबीच चलेको गसिपको खण्डन गर्दै एउटै गिलासको पानी पिएका छन् । साथमा स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने पनि छिन् ।
भिडियोमा सीता न्यौपाने आउँछिन् र भन्छिन्, ‘पानी बाराबार भा’छ भन्या सुन्या थिएँ । के हो तपाईंहरू अझै पनि बाझिराहो? मिल्नु हो, बेला बित्न लाइसक्यो । एक्सक्यूज मी ।’
त्यसपछि, प्रकाश र स्वस्तिमा दुबै जना एक-अर्कालाई हेर्दै खुलेर हाँस्छन् । पछि स्वस्तिमा र प्रकाश एकअर्कालाई तपाईं भन्नु न भन्दै रिक्वेस्ट गर्छन् । त्यसपछि प्रकाश सपुतले चलचित्र हरिबहादुरको जुत्ताको पहिलो गीत यही भाद्र २ गते सोमबार साँझ ४ बजे ओएसआर डिजिटलमार्फत रिलिज हुने जानकारी गराउछन् । पछि, स्वस्तिमाले असोज १३ गते पुरा चलचित्र हेरेर रमाइलो गर्नुहोला भन्दै भन्छिन् ।
भिडिओमा प्रकाशले आफूले पिइरहेको पानीको गिलास स्वस्तिमालाई दिन्छन् । स्वस्तिमाले एक घुट्को पिउँछिन् र फेरि प्रकाशलाई दिन्छिन् । प्रकाशले पनि एक घुट्को पिउँछन् । उनीहरुबिच ‘पानी बाराबार’ नरहेको सांकेतिक रुपमा यो दृश्य खिचिएको हो ।










