८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो

विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो
अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो ।

प्राधिकरणकाअनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख  भएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताउनुभएको छ  । अहिले नाफामा कमी आएपनि आगामी वर्षमा वृद्धि हुने उहाँको दाबी छ ।

कार्यकारी निर्देशक शाक्यले भन्नुभयो– ‘विद्युत विक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो । सञ्चालन खर्च ब्याज खर्च लगायत सम्पूर्ण खर्चसहित आ.व. २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम  हो । गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमुल्यन आदि कारणले अडाइ अर्ब नोक्सान भएको छ । डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरे वापत साढे ५ अर्ब नोक्सानी भएको छ । प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ ।

उहाँकाअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ । आव  २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरुको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो ।

प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ । प्राधिकरणको कुल सम्पती २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका साहयक कम्पनीहरुको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावट छ ।