२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

सेनाको गोरखा–काठमाडौँ पदयात्रा सुरु

सेनाको गोरखा–काठमाडौँ पदयात्रा सुरु
अ अ+ अ-

गोरखा । नेपाली सेनाले नेपाल एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाहले गोरखादेखि काठमाडौँसम्म यात्रा गरेको पदमार्गमा पत्रयात्रा सुरु गरेको छ । बुधबार नेपाली सेनाको रिपुमर्दन गणको आयोजना तथा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको समन्वयमा पदयात्रा सुरु गरिएको हो ।

तेस्रोपटक सुरु गरिएको पत्रयात्रामा नेपाली सेनाका ४० जना सहभागी भएको गणपति हेमराज विष्टले जानकारी दिनुभयो । सो पत्रयात्रा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते हनुमानढोकामा आई टुङ्गिने छ । यसका लागि गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा र टर्च बोकेर सेनाको एउटा टोली काठमाडौतर्फ प्रस्थान गरेको छ ।

त्यहाँबाट जोर चौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, बोर्लाङघाट हुँदै आज घाटबेसीसम्म हिँडेर सेना पुग्नेछ । घाटबेसीमा सो टोलीले धादिङको शिवदल गणलाई राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा र टर्च हस्तान्तरण गर्नेछ । शिवदल गणको टोलीले पदयात्रा गर्दै नुवाकोटको जबरजङ्ग गणको टोलीलाई ती सामग्री हस्तान्तरण गर्नेछ । जबरजङ्ग गणको टोली पुस २७ गते काठमाडौँ पुगेपछि पदयात्रा सकिनेछ ।