५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान शुरु हुँदै

वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान शुरु हुँदै
अ+ अ-

काठमाडौँ । वागमती प्रदेशमा गाई तथा भैँसीमा तिब्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा यो अभियान भदौ १ गतेदेखि  ७ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत प्रदेशभरका ११९ वटा स्थानीय तहमा करिव १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ । मन्त्रालयकाअनुसार यो खोप सुरक्षित र प्रभावकारी छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन्। पछिल्लो समय चितवन जिल्लामा यो रोग तिब्ररूपमा फैलिएको छ ।

यही रोगको प्रभाव न्युनिकरणका लागि खोप अभियानको शुरुवात ललितपुर जिल्लाबाट गरिनेछ भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा बागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २१७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १८२ रहेको छ । ती पशुहरूले वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७७१ मिल्क टन दूध उत्पादन गर्ने गरेका छन् । जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन्। त्यहाँको दूध उत्पादन ९५ हजार १ सय ४१ मिल्क टन रहेको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय तहमा ७३ हजार ९३६ गाई र ६६ हजार ९९ भैँसी पालिएको छ भने ८० हजार २८० मिल्क टन दूध उत्पादन हुने गरेको छ । धादिङ जिल्लामा ७६ हजार ६ सय ३ गाई र ८० हजार १ सय ४४ भैँसी छन्, जसबाट ५० हजार ३८ मिल्क टन दूध उत्पादन हुन्छ। मकवानपुर जिल्लामा ८७ हजार ७ सय ६४ गाई र ४७ हजार ६ सय ६९ भैँसी रहेका छन्, त्यहाँको दूध उत्पादन ५० हजार ३२० मिल्क टन रहेको छ ।

ललितपुरमा ६ वटा स्थानीय तह छन्, जहाँ २९ हजार ३०७ गाई र २९ हजार ७५ भैँसी छन्। त्यहाँको दूध उत्पादन २८ हजार ८४० मिल्क टन रहेको छ। काठमाडौंमा ११ वटा स्थानीय तहमा ३९ हजार १ सय गाई र १९ हजार ४ सय ४ भैँसी रहेका छन्, जसले २६ हजार ३९५ मिल्क टन दूध उत्पादन गर्छन्। भक्तपुरमा चार स्थानीय तहमा २२ हजार ९ सय ९२ गाई र ७ हजार ५ सय ८५ भैँसी छन्, र त्यहाँको दूध उत्पादन १३ हजार ५५७ मिल्क टन रहेको छ । यस्तै, नुवाकोट जिल्लामा ३० हजार ६५२ गाई र ६१ हजार ९ सय २० भैँसी छन्, जहाँबाट ३६ हजार ८५० मिल्क टन दूध उत्पादन हुन्छ। रामेछापमा ५२ हजार ६ सय ६५ गाई र ३६ हजार ३ सय ३७ भैँसी रहेका छन् भने त्यहाँको दुध उत्पादन २१ हजार २ सय ३१ मिल्क टन रहेको छ।

रसुवामा पाँच वटा स्थानीय तहमा ११ हजार ७ सय २ गाई र ८ हजार २ सय ३३ भैँसी छन्, र त्यहाँ ४ हजार ५३ मिल्क टन दुध उत्पादन हुने गर्दछ । सिन्धुलीमा ९ वटा स्थानीय तह छन्, जहाँ ९२ हजार ३ सय १६ गाई र ४७ हजार २ सय १५ भैँसी छन्। त्यहाँ ३४ हजार ९११ मिल्क टन दूध उत्पादन हुने गरेको छ। सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन्, जहाँ ४४ हजार ५ सय ९ गाई र ४६ हजार १ सय ३५ भैँसी छन् र २३ हजार ३९१ मिल्क टन दूध उत्पादन भएको देखिन्छ ।