२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

भारतीय प्रधानमन्त्री मोदी फ्लाइओभरमा फसेपछि…

भारतीय प्रधानमन्त्री मोदी फ्लाइओभरमा फसेपछि…
अ अ+ अ-

एजेन्सी । भारतको पञ्जाबमा प्रधानमन्त्री नरेन्द्र मोदीको फिरोजपुर र्‍याली रद्द हुनुको कारण सुरक्षामा कमजोरी भएको बताइएको छ । 

भारत सरकारको गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणमा सुरक्षामा कमजोरी भएको जनाएको हो । मोदी एक फ्लाइओभरमा १५–२० मिनेटसम्म फस्नुपरेको थियो । 

यसैबीच, भारतीय जनता पार्टी (भाजपा)ले भने पञ्जाब कांग्रेसले मोदीको कार्यक्रम बिथोल्ने रणनीति गरेको आरोप लगाएको छ । यसभन्दा पहिले कोरोना र मौसमी खराबका कारण मोदीको र्‍याली रद्द भएको थियो । 

प्रधानमन्त्री मोदीको फिरोजपुरमा चुनावी र्‍याली थियो । किसान आन्दोलन सकिएपछि मोदी पहिलो पटक पञ्जाब पुगेका थिए । मौसमको खराबीका कारण मोदी सडक मार्गबाट फिरोजपुर जाँदै थिए । 

यसप्रकारको सुरक्षामा कमजोरी भएको घटनाले पञ्जाब सरकारबारे प्रश्न उठेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।